प्रदेश राजधानी हेटौंडाबाट नसर्ने माओवादी अध्यक्षको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन्। राजधानीका लागि हेटौंडा नै प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा उपयुक्त स्थानमा रहेकाले दायाँबायाँ सार्न नहुने उनले बताए।