विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन्। प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए। उनले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायिकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा […]