कार्यक्रम प्रस्तोताले टाउकोमा स्कार्फ लगाउन मानिनन्, इरानी राष्ट्रपतिको अन्तरवार्ता लिइनन्

अमेरिकाको प्रमुख समाचार च्यानल सीएनएनकी कार्यक्रम प्रस्तोता क्रिस्टिन एमनपोरले इरानका राष्ट्रपति इब्राहिम रायसीसँगको अन्तरवार्ता रद्द गरेकी छिन् । राष्ट्रपति रइसीले क्रिस्टिनले टाउको छोप्ने स्कार्फ (हेडस्कार्फ) लगाएर अन्तरवार्ता लिउन् भन्ने चाहना राखेपछि उनले अन्तरवार्ता नै रद्द गरिदिइन् ।एमनपोरले विगतमा कुनै पनि राष्ट्रपतिले इरान बाहिर अन्तरवार्ता गर्दा कसैले पनि उनीबाट यस्तो माग नगरेको बताइन् ।एमनपोरका अनुसार रईसीका सहयोगीले ‘इरानको हालको अवस्था’ का कारण उनलाई यस्तो गर्न लगाइएको बत

सम्बन्धित सामग्री

११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा

एजेन्सी – इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कने भएका छन् । केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो । रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ […]

रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका प्रमुखसहित उच्च अधिकारी उहाँको प्रतिनिधिमण्डलमा हुनुहुन्छ । इरानी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा भेटवार्ता गर्ने तथा पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा […]

पश्चिम एसियामा सङ्कटको कारण अमेरिका र नेटोको उपस्थिति : इरानी राष्ट्रपति

इरानी राष्ट्रपति इब्राहिम राईसीले पश्चिम एसिया क्षेत्रमा संयुक्तराज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा ‘विनाश, कब्जा र नरसंहार’ भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा शुक्रबार सो कुरा उल्लेख गरिएको छ । बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको राष्ट्रसङ्घको ७७ औँ महासभाको बैठकको अवसरमा भएको भेटमा राईसीले सो कुरा बताएका हुन् । इरानले ठूलो सङ्ख्यामा अफगान शरणार्थी लिएको छ र आतङ्कवादको विरुद्ध गम

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र इरानी राष्ट्रपति इब्राहिम रइसीबीच भेटवार्ता

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले शुक्रबार बिहान उज्बेकिस्तानको समरकन्द सहरस्थित फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुबै पक्षको साझा रणनीतिक छनौट भएको सीले बताए । चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धमा […]

कोभिड वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै

इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन्।

इरानी राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

इरानी राष्ट्रपति हसन रुहानीले आइतबारको शक्तिशाली भूकम्पबाट प्रभावित स्थलहरुको भ्रमण गरिरहेका छन्।