हेटौँडा : चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जेठ १९ गतेबाट हेटौँडामा हुने भएको छ।मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको कारण सर्दै आएको प्रतियोगिता जेठ १९ गतेबाट हुने जनाएको हो।प्रतियोगिताका संयोजक प्रताप विष्टले उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १० वटा टिमको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी, पुलिस क्लब, एपीएफ, फ्रेन्ड्स क्लब, खुमलटार,&