ए डिभिजन क्लव फ्रेण्ड्सलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लव हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा एपीएफले ३–० गोलले हराएको हो।...
९ चैत्र, काठमाडौं । नेपाल एपीएफ क्लबले आठाैं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यू डायमण्डलाई हराउँदै तेस्रो स्थान हात पारेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा तेस्रो स्थानको लागि भएको खेलमा एपीएफले न्यू डायमण्डलाई ३–१ ले हराएको हो । एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ ले हराएको हो । आज पुरुषतर्फ […]
काठमाण्डाै – प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको छ ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो ।
एपीएफको जितमा भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए ।
य...
काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपीएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो संस्करणको च्याम्पियन एपीएफ तेस्रो पटक फाइनलमा पुगेको हो । […]
२४ कात्तिक, काठमाडौं । मधेस प्रदेशलाई ७ विकेटको फराकिलो अन्तराले हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । तेश्रो पटक फाइनलमा पुग्ने क्रममा एपीएफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसलाई ७ विकेटले हराएको हो । सेमिफाइनलमा मधेससँगको खेल जित्न पाएको १२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो । […]
१८ कार्तिक, काठमाडौं । एपीएफ क्लब कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा जीतका लागि २३३ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४८.१ ओभरमा १९० रनमा अल आउट भयो । कर्णालीका लागि ओपनर ब्याटर कप्तान रविन्द्र शाहीले सर्वाधिक ८० रन बनाए । उनले […]
काठमाडौं: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको छ। आज धनगढी रंगशालामा सम्पन्न सेमिफाइनल पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो।
रोमाञ्चक खेलमा एपीएफले आर्मीलाई ३–२…
विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक–एक गोल गरिन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा गोल
कास्की – मच्छिन्द्र फुटबल क्लबलार्ई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकपको फाइलनमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रलाई तीन–एक गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । ७१ औँ मिनेटमा खेलाडी करिम रातो कार्ड खाँदै बाहिरिएपछि मच्छिन्द्र क्लब १० खेलाडीमा सीमित थियो ।
एपीएफका खेलकाे २५ औँ मिनेटमा सनिश श्रेष्ठ, ७७ औँ मिनेटमा प्रदीप लामा र इन्ज्युरी समयको सातौँ मिनेटमा नवीन लामाले गोल गरे । मच्छिन्द्रका लागि खेलकाे ४० औँ मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गर...
पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।आज पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ४७ औं मिगल पेलाफक्सले गोल गर्दै बीवाईएससीलाई सुरुआती अग्रता दिएका थिए।…
विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले फाइनल पुग्नका लागि संकटा ब्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पञ्जाब पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि एपीएफका सनिश श्रेष्ठ, रवि थिङ्ग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम