बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीका किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव खेप्न बाध्य छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् ।
७० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र बाँकी ३० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी लिएकोे साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल छैन ।
गहुँ खेतीका लागि मल नपाएपछि