नर्सरी खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी

गौमुखी गाउँपालिका–६, लिवाङका २८ वर्षीय पदमबहादुर केसीले आफ्नै गाउँमा बिरुवा उत्पादन गर्नुहुन्छ । उहाँले २०७५ सालदेखि गाउँको जग्गामा विभिन्न जातका बिरुवाको नर्सरी राखेर बिरुवा उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । “आफ्नै आठ रोपनी जग्गामा नर्सरी गर्दै आएको छु,” केसीले भन्नुभयो, “यही नै मेरो आम्दानीको राम्रो स्रोत बनेको छ ।” नर्सरीमा विभिन्न जातका घाँसका बिरुवा र टिमुर, कफी, अम्बालगायत जातका बिरुवा उत्पादन गर्ने गरेको केसी बताउनुहुन्छ । सुरुमा थोरै लगानी गरेर नर्सरी सुरु गरेको तर उहाँले अहिले राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “सो व्यवसायबाट वार्षिक १२ लाख रुपियाँसम्म आम्दानी गरिरहेको छु ।”

सम्बन्धित सामग्री

खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी

खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका जुम्लाको तिला गाउँपालिका– ८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचय मात्र बनाएका छैनन् लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । जिल्लामा उनी उदाहरणीय उद्यमीका रूपमा चिनिन्छन् ।उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गरेका छैनन् स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि...

नर्सरी व्यवसायबाट मासिक ६ लाख कमाउँदै

काठमाडौं । पछिल्लो समय इनडोर र आउटडोरमा फूलका बिरुवा रोपिएका गमला राख्ने मोह बढ्दो छ । कार्यालय, होटल, अस्पतालमा मात्र होइन, घरको बार्दली र आँगनमा सजावटका लागि गमलामा फूल रोपेको देखिन्छ । यही सम्भावनालाई देखेर कतिपयले नर्सरी व्यवसाय थालेका छन् । तीमध्ये कतिले यसबाट मनग्ये आम्दानी पनि गरिरहेका छन् । यसको उदाहरण बनेकी छन् ललितपुरकी सावित्री थापा सञ्जेल ।  यस व्यवसायबाट मासिक ५ देखि ६ लाख रुपैयाँसम्म कमाउँदै आएको उनी बताउँछिन् । सञ्जेल भन्छिन्, ‘खर्च कटाएर पनि मासिक २ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ उक्त व्यवसायबाट घर खर्चका साथै दुई सन्तानलाई पनि पढाउन पुगेको उनी बताउँछिन् ।  झण्डै १६ वर्षअघि शिखा नर्सरी फार्म दर्ता गरेर सञ्चालन गरिरहेकी छिन् उनले । उनले काठमाडौंको थापाथली र रविभवन र ललितपुरको भैंसेपाटी गरी तीनओटा ठाउँमा नर्सरी सञ्चालन गरेकी छन् । नर्सरीबाट आफू मात्रै रोजगार बनेकी छैनन्, १० जनालाई रोजगारी पनि दिएकी छन् उनले ।  उनको नर्सरीमा फूल र फलसँगै तरकारीका बिरुवा पनि पाइन्छन् । नर्सरीमा सयपत्री, मखमली, इन्द्रकमल, गुलाब, चम्पालगायत फूलका बिरुवा पाइने गरेको उनले बताइन् । यस्तै सुन्तला, मुन्तला, जुनार, कागती, लिची, आँप, एबोकाडो, ड्रेगन फ्रुट, स्ट्रबेरीलगायतका बिरुवा पनि उनको नर्सरीमा पाइन्छन् । उनको नर्सरीमा पाइने तरकारीका बिरुवाहरूमा खुर्सानी, फर्सी लगायतका छन् ।  नर्सरीमा २० रुपैयाँदेखि १५ हजारसम्मको बिरूवाहरू पाइने गरेको उनी बताउँछिन् । नर्सरीमा उत्पादित बिरुवाहरू काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा खपत हुने गरेको उनले बताइन् । आफूकहाँ २० देखि ३० वर्ष उमेरका व्यक्तिहरू बिरुवा किन्न आउने गरेकाे उनको भनाइ छ ।  बिरुवासँगै उनको नर्सरीमा माटो मल, पिनालगायत किन्न पाइन्छ । त्यससँगै उनले घरघरमा बिरूवा रोपिदिने, ढुङ्गा छाप्ने, दुबो रोप्ने, फाउन्टेन बनाउने लगायतको सेवा दिने गरेकी छन् ।   'नर्सरी चलाउन जग्गाकै समस्या' नर्सरी सञ्चालनका लागि जग्गाकै समस्या हुने गरेको उनी बताउँछिन् । जग्गाधनीले लामो समयका लागि जग्गा नदिने गरेकाले नर्सरी विभिन्न ठाउँहरूमा सार्दै आउनु परेको उनको गुनासो छ । 'एक ठाउँबाट अर्कोमा नर्सरी सार्दा ४ देखि ५ लाख रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भनिन् । स्थानीय सरकारले नर्सरीका लागि खाली रहेकाे सरकारी जग्गा उपलब्ध गराउनुपर्ने उनको माग छ ।  नेपालमा फूल खेती मौसमअनुसार हुने गरेको उनी बताउँछिन् । यद्यपि, अहिले वर्षभरि नै फूलको खेती हुने गरेको छ । वर्षभरि फूल खेती हुने गरेकाले बिरुवाहरूको माग दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ ।

नर्सरीबाट लाखौँ आम्दानी

बागलुङ : बहुआयामिक कृषकको रुपमा परिचय बनाउँदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गरेका छन्।२०७३ सालबाट व्यवसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष ५ हजार अलैँचीका बिरुवा बेचेर २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर ४ लाख २० हजार आम्दानी गरे।उनले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए। जैमिनी नगरपालिकामा स्थानीय प्रजातिका सुन्तला १५ हजार बि

गाउँको मुख्य आयस्रोत विरुवा उत्पादन : विदेशिन छाडे युवा, गाउँमै आम्दानी

चैत २३, रौतहट । रोजगारीका लागि गाउँ गाउँबाट युवा विदेशिने क्रम बढेपनि एक गाउँका युवा भने स्वदेशमा नै मनग्य आम्दानी गर्दैछन् । उनीहरुको मुख्यआयस्रोत भनेको विभिन्न जातको बिरुवा उत्पादन अर्थात् बेर्ना विक्री गर्नु हो । कटहरिया नगरपालिका वडा नं. ३ विर्ति प्रस्टोका गाउँमा ७०० भन्दा बढी घरधुरी छ । प्रत्येक घरधुरी परिवारको मुख्य आयस्रोत नै बेर्ना उत्पादन गर्दै विक्री गर्नु हो । बन्दना फलफूल नर्सरी बागवानी फर्मका सञ्चालक राम प्रवेश साहका अनुसार गाउँबाट कोहि पनि रोजागरीका लागि विदेश गएका छैनन् ।  नर्सरीमा नै मनग्य आम्दानी भएपछि यहाँका युवामा विदेश जाने रुची नभएको उनको भनाइ छ । नर्सरीमा नै मेहनत गरेर यहाँका युवाले विदेशमाभन्दा बढी कमाउने गरेको उनले बताए ।  साहका अनुसार एक नर्सरीबाट अनुमानित ५ देखि १५ लाखभन्दा बढीसम्म वार्षिक आम्दानी हुन्छ । ‘यहाँ करीब २०० भन्दा बढी दर्ता गरीएका फलफूल नर्सरी तथा बागवानी फर्म छ’ उनले भने । गाँउमा करीब ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका विरुवाको नर्सरी गरिएको छ ।  यहाँका अधिकांश किसानको करेसाबारीमा समेत फलफूलका बिरुवा देखिन्छ । नर्सरीमा विशेष गरी फलफूल, घर सजावट तथा काठ उत्पादन हुने जातका बिरुवा छन् ।  विर्ति प्रस्टोका घर भएका खेन्हा राय यादवले विरुवा उत्पादन गरेर नै वार्षिक २० देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले ३ विघा खेतमा आँप, कटहर, स्याउ, सुन्तला लगायत प्रजातिका विरुवा लगाएका छन् । यादवका अनुसार यहाँ उत्पादित भएका बिरुवा मुलुकको विभिन्न स्थानका साथै भारतको विहार राज्यसम्म विक्री हुने गरेको छ । भारतीय व्यापारीहरू नर्सरीस्थलमै आएर बिरुवा खरीद गर्ने गरेको उनको भनाइ छ ।  फलफूलमा आँप, लिची, कटहर, कागती, अम्बा, अनार, केरा, नरिवल तथा घरसजावटका लागि अशोक, समी, धुपी लालुपाते, गुलाब र काठ उत्पादन हुने रुख प्रजातीको बकाइनो, टाँकी, बडहर, बाँस सिसौ, सिमल, जामुन, टिक, लगायतका विभिन्न प्रजातीका बिरुवा अधिक उत्पादन हुने गरेको नर्सरी सञ्चालकहरु बताउँछन् ।  उक्त स्थानमा उत्पादन गरिएको फलफूल तथा रूखका बिरुवाले देशको विभिन्न स्थानको माग पूरा गरेको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहका अनुसार बिर्ति प्रस्टोका गाँउ नै बिरुवा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ ।  उनीहरुलाई प्रोत्साहित गर्नका लागि नगरपालिकाले सिँचाई, प्रविधिक सल्लाह लगायतका विभिन्न किसिमका कार्य गर्दै आएको कुश्वाहले बताए ।

तेह्रथुममा किबीबाट बार्षिक ३ लाख

तेह्रथुम । तेह्रथुमका किसान किबी खेतीमा आकर्षित हुन थालेका छन् । इलामबाट किबीको नर्सरी ल्याएर खेती सुरु गरेका तेह्रथुम लालीगुराँस सोल्माका किसानको घर घरमा किबी खेती देख्न सकिन्छ । परम्परागत खेती भन्दा नयाँ खेती सुरु गर्दा धेरै फाइदा भएको सोल्माका किसान देवी पोख्रेलको भनाई छ । नगदेबालीबाट मनग्य आम्दानी लिन सकिने उहाँले बताउनुभयो । यहाँका […]

बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ

जुम्ला । कर्णाली राजमार्ग छेवैको त्रिवेणी धामबाट पूर्वतिर ७ किलोमिटरको दूरीमा स्याउ ओखर नर्सरी छ । यो नर्सरी तातोपानी गाउँपालिका–७ सर्मी गाउँका सूर्य बुढाले सात वर्षअघि स्थापना गरेका हुन् । नर्सरीमै सात वर्ष खर्चेका उनलाई लाभ लिन भने पाँच वर्षसम्म कुर्नुप¥यो । स्याउ ओखर ग्राफ्टिङमा अनुभव नहुँदा पाँच वर्षसम्म खासै आम्दानी भएन । गत वर्ष […] The post बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय

कञ्चनपुर । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरितार्थ गरेको छ । अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर उनको परिवारले मनग्गे आम्दानी गर्दै आएको छ । नर्सरीमा उत्पादित बिरुवा एकजनाले मात्रै वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको विक्री गर्दै आएका छन् । धामीको परिवारका तीनै जनाले वार्षिक ७५ लाखदेखि १ करोड रुपैयाँसम्मका बिरुवा विक्री गर्दै आएका छन् । कोरोनाको महामारी फैलिएपछि विक्रीमा केही कमी आएको छ । हाल १० लाखदेखि १५ लाख रुपैयाँसम्मका बिरुवामात्रै विक्री हुने गरेका छन् । धामी परिवारले उत्पादन गरेका बिरुवा सुदूरपश्चिमबाट कर्णाली प्रदेशसम्म विक्री हुने गरेको थियो । कोरोना महामारी फैलिएपछि हाल उत्पादित बिरुवा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा मात्रै आपूर्ति हुने गरेको छ ।     धामी परिवारको नर्सरीमा घर सजावटका बिरुवा, घाँस प्रजातिका बिरुवा, काष्ठ प्रजातिका बिरुवा, विभिन्न प्रजातिका बाँसका बिरुवा, फलफूलका बिरुवा पाइने गरेका छन् । बिरुवा उत्पादनका लागि बीउ तयार गर्नेदेखि बिरुवा उत्पादन र कलमी गर्नेलगायतका काम धामी परिवारले नर्सरीमै गर्ने गरेका छन् । धामी परिवारले सञ्चालन गरेका तीनओटै नर्सरीमा १२ जनाले रोजगारीसमेत पाएका छन् । २०४६ सालमा भारतले गरेको नाकाबन्दीका बेला भारतीय निकटवर्ती बजार वनवासाबाट घरमै रोप्न फलफूलका बिरुवा ल्याउँदै गर्दा धामी दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले बिरुवा ल्याउन दिएनन् । कर्णालीमा पुल नहुँदा नेपालमै उत्पादित बिरुवा ल्याउन सकिने अवस्था थिएन । भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेकाले बिरुवा ल्याउन दिएन । तीनै जनाले व्यवसाय दर्ता गरेर आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कालीमिर्च, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । आँप मात्रै १४ र लिची पाँच प्रजातिका रहेका छन् । घाँस प्रजातिमा सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु र काठ प्रजातिमा सात प्रजातिका बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेशियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा उत्पादन हुँदै आएका छन् ।   घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाव लगायतका बिरुवाको उत्पादन नर्सरीमा हुदै आएको छ । कुनै पनि ठाउँमा नपाईएका बिरुवा धामी परिवारले सञ्चालन गरेको नर्सरीमा पाईने गरेको छ । नर्सरी व्यवसायका लागि उनीहरूले १० लाखदेखि २५ लाख रुपैयाँसम्म लगानी गरेका छन् । रासस

नर्सरी व्यवसायबाट वार्षिक ७० लाखकाे कमाइ

परिश्रम गर्न सके आफ्नै माटोमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँ । बानियाँले नर्सरी ब्याडबाट फलफुल र जडीबुटीका विरुवा गरी वार्षिक रुपमा ७० लाख बराबरको विरुवा बिक्री गर्नुहुन्छ । उहाँको नर्सरी ब्याडमा सतुवा, टिमुर, लोडसल्ला, रोजमेरी, दाँतेओखर, किबी, चिराइतोलगायत करिब तीन लाख जति विरुवाहरु छन् । विरुवा उत्पादन गर्न व्यवस्थित रुपमा ब्याड बनाउनुभएको छ । बानियाँले प्रशंसा बहुउद्देयीय नर्सरी ब्याड दर्ता गरी व्यवसायिक रुपमा विरुवा उत्पादन गर्न थाल्नुभएको हो । रोजगारीका क्रममा तीनवर्ष बहराइनमा बिताउनुभएका बानियाँले स्वदेश फर्किएर बुबाको पेशालाई निरन्तरता दिनुभएको हो । म सानै हुँदा बुवाले अलिअलि विरुवा उत्पादन गरेर विक्री गर्ने गर्नुहुन्थ्यो बानियाँले भन्नुभयो ‘विदेशबाट म फर्किएर आएपछि व्यवसायिक रुपमा विरुवा उत्पादन गर्न थालेको हुँ ।’ बुवाले गरेको निर्वाहमुखी पेशालाई मैले व्यवसायिक बनाएको बानियाँले बताउनुभयो । नर्सरी ब्याडबाट वर्षेनी ७० देखि ९० लाख रुपैयाँ सम्मका विरुवा बिक्री गर्ने उहाँ बताउनुहुन्छ । म्याग्दी लगायत पर्वत, बागलुङ, कास्की, काभ्रे, वैतडी, रसुवा, इलाम, उदयपुर र लमजुङलगायतका जिल्लाबाट विरुवाको माग आउने गर्दछ । कोरोना महामारीका कारण लकडाउन भएकाले यो वर्ष सोचे अनुसारको विरुवा बिक्री नभएको उहाँले बताउनुभयो । इलाम र उदयपुरबाट नेपाली सेनाले विरुवाको माग गरेको उहाँले बताउनुभयो । यसवर्ष पनि फोनबाट माग धेरै आएको छ, बानियाँले भन्नुभयो, ‘नर्सरीमा अहिले विरुवा तयार हुँदैछन् । यो वर्ष विभिन्न थरीका गरी करिब तीन लाख विरुवा उत्पादन गर्ने लक्ष्य छ ।’ सतुवाको प्रतिगोटा ४७, टिम्मुर ६०, दाँतेओखर १०० र ग्राफटिङ गरेको विरुवा ४०० टिकानोट ३०० र रोजमेरीको ४०० रुपैयाँ प्रतिगोटा पर्ने बानियाँले बताउनुभयो । बैतडी जिल्लाबाट टिम्मुर र सतुवाको एकलाख विरुवाको माग आएको उहाँले बताउनुभयो । त्यहाँको वन डिभिजन कार्यालयले फोन मार्फत मौखिक सम्झौता भएको बानियाँले बताउनुभयो ।

बिरुवा बेचेरै वार्षिक ३० लाख आम्दानी

डोटी – दिपायल सिलगढी नगरपालिका– ३ का स्थानीय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफैँले खोलेको नर्सरीबाट वार्षिक ३० देखि ३५ लाखसम्म आम्दानी गर्नुहुन्छ । दिपायलमा रहेको ५ रोपनी खाली जमिनमा उहाँले नर्सरी निर्माण गरी बिरुवा उमार्दै आइरहनु भएको छ । उहाँको नर्सरीमा अहिले ६ जना कर्मचारीले रोजगारी पाइरहेका छन् ...

सल्यानका पौरखी किसान, नर्सरीबाट सिजनमै कमाउँछन् २० लाख

सल्यान :  कपुरकोट गाउँपालिका वडा न ३ कपुरकोटका ३५ वर्षिय तिलक शर्मा झन्डै एक दशकदेखि नर्सरी व्यवसाय गर्दै आइरहेका छन्। खाद्यान्न र नगदेबालीबाट आम्दानी राम्रो नभएपछि व्यावसायिक रूपमा विभिन्न फलफूल विशेषगरी टिमुरका विरुवा उत्पादन गरी विक्री गर्न नर्सरी व्यवसाय अंगालेका उनको जीवनस्तर समेत उकासिएको छ। सुरुका केही वर्ष...