काठमाडौँ– सरकारले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध दलहरू, प्रमुख प्रतिपक्ष दल, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सांसद्लगायतलाई धन्यवाद दिएको हो । मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीति रहेको […]