कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भरोसा र विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा बुधबार विराटनगरमा आयोजित ‘विश्व प्रेस स्वतन्त्रता दिवस एवं अग्रज पत्रकार सम्मान–२०८०’ को उद्घाटन गर्दै उहाँले कलमदेखि बन्दुक डराउने र पत्रकारिताबाट शासक पनि डराउने तर्क गर्नुभयो । मुख्यमन्त्री कार्कीले गाउँघरमै सिंहदरबारको अनुभूति भइरहेको अवस्थामा प्रदेश संरचना खारेज …