काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले महानगर र उपमहानगरका मेयर उपमेयरको उम्मेदवार आइतबार टुंग्याउने भएको छ।पार्टीको भागमा परेको एक मात्रै महानगर भरतपुरकी प्रमुख रेणु दाहालले पुन: उम्मेदवार हुन शुक्रबार राजीनामा दिइसकेकी छन् भने दुई महानगरको उपप्रमुख र २ उपमहानगरको प्रमुख उम्मेदवारको अन्तिम टुंगो लाग्न अझै बाँकी छ।जितपुर सिमरा उपमहानगरको प्रमुखमा क्षेत्रबहादुर श्रेष्ठ र राजन पौडेल तथा घोराही उपमहानगरको प्रमुखमा हेमराज शर्मा सिफारिस भएका छन्। घोराहीमा मेयरका अर्का आकांक्षी जीवन