नेकपा (माओवादी केन्द्र) ले नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको छ । शनिबार माओवादी केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेकाले उनको विजय सुनिश्चित गराउन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।विज्ञप्तिमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजुप्रसाद हरिजन, प्रदेश कमिटी सदस्य सुभान अलि अन्सारी, जिल्ला