मालिका गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पाउने

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलले एउटा पालिकामा भागबण्डा गरेको छ । गुल्मीको मालिका गाउँपालिकामा  माओवादी केन्द्रले नेतृत्व लिने मंगलबार गठबन्धनले सहमति गरेको हो । नेपाली काँग्रेसका नेता त्रैलोक्य प्रताव सेनले गठबन्धनको उम्मेदवार घोषणा गर्दै जिल्लाका १२ वटै पालिकामा गठबन्धनले विजय हाँसिल गर्ने बताए ।  कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य ज्ञानधकुमार बुढा, काँग्रेसका नेताहरु रेखाकुमार जिसी, उपेन्द्र अर्याल  लगायतले मन्तव्य राखेका थिए ।  उक्त पालिकामा माओवा

सम्बन्धित सामग्री

म्याग्दीकाे मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा एमालेका उम्मेदवार वेगप्रसाद गर्वुजाले तीन हजार ९१ मत प्राप्त गरेर जित हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोका मगरले दुई हजार नौ सय ७० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी घर्ती मगर पुनले तीन हजार एक सय ६७ मत प्राप्त गर्नुभयो । यस्तै सात वटा वडामध्ये नेपाली कांग्रेसले तीन, एमाले तीन र माओवादी केन्द्रले एउटा वडाध्यक्षमा जित हासिल गरेको छ ।