काठमाण्डाै – निर्वाचन आयोगले वाग्मतीमा प्रदेशमा बिहीवार (भोलि) हुने राष्ट्रिय सभा उपचुनावको सन्दर्भमा आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । जेठ ३ गते राति १२ बजेपछि मौन अवधि सुरु भएको र यस अवधिमा कुनै पनि हिसाबले प्रचारप्रसार नगर्न सचेत गराउँदा पनि केही व्यक्ति र सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चारमाध्यमलगायतले पालना गर्नुपर्ने आचारसंहितासमेत लागू भइसकेको सन्...