काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२ औँ प्राज्ञ–सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित […]