पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । लखनउका क्विन्टन डी ककले सर्वाधिक ४६