बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्स तृतीयले मंगलवार पहिलोपटक नयाँ प्रधानमन्त्री नियुक्त गरे। आर्थिक संकटको मुद्दा र कन्जर्भेटिभ पार्टी भित्रको अस्थीरता कारण ५० दिनमा बेलायतले ३ जना प्रधानमन्त्री पायो। त्यसकारण राजा चार्ल्सले गद्दी सम्हालेको केहीसमयमा नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने अवसर पाए।
बकिङ्घम दरबारमा राजा चार्ल्ससँगको भेटपछि ऋषि सुनक…