वीरगञ्ज महानगरमा १५४ जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी

वीरगञ्ज महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १५४ जना जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार राति करिव १२ बजेसम्म भएको उम्मेदवारी दर्तामा महानगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित सदस्यमा गरेर ९१० जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।महानगर प्रमुखका लागि ३० जना, उपप्रमुखमा १० जना, वडाध्यक्षमा २०२ जना पुरुष र ५ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । साथै खुला सदस्यमा ३ जना महिलासहित ३५१ जना, महिला सदस्यमा १७१

सम्बन्धित सामग्री

लोसपाले गर्यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए ।  बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोस

वीरगञ्ज महानगरमा पहिलो दिन मेयरमा दिए चार जनाले उम्मेदवारी

वीरगञ्ज – वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशैभर एकसाथ सुरु भएको उम्मेदवारी दर्ताअन्तर्गत वीरगञ्ज महानगरमा पनि उम्मेदवारी दर्ता सुरु भएको हो। आइतबार र सोमबार दुई दिनसम्म उम्मेदवारी दिन पाइने व्यवस्थाअनुसार आइतबार पहिलो दिन वीरगञ्ज महानगरको मेयर, वडाध्यक्ष, सदस्यलगायत पदमा उम्मेदवारी दर्ता भएको छ। जिल्ला […]

महानगरमा फरक मतपत्र छाप्ने आयोगको तयारीप्रति एमालेको आपत्ति

११ वैशाख, काठमाडौं । ६ वटा महानगरसहित १० स्थानीय तहमा उम्मेद्वारी नपरेको चिन्ह मतपत्रमा नराख्ने निर्वाचन आयोगको तयारीप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । आयोगलाई पत्र लेख्दै एमालेले सबै स्थानीय तहमा एउटै किसिमको मतपत्र प्रकाशित गर्न आग्रह गरेको छ । भक्तपुरका ४ नगरपालिका सहित काठमाडौं, ललितपुर, विराटनगर, पोखरा, वीरगञ्ज र भरतपुर महानगरपालिकामा उम्मेदवारी नपरेको चुनाव […]

पाँच महानगरमा सहमति, अन्तत: भरतपुर माओवादीले नै पाउने निश्चित

काठमाडौँ- सत्तारुढ गठबन्धनबीच सोमबार साँझ बसेको सिट बाँडफाँटसम्बन्धी बैठकले देशभरिका ६ महानगरमध्ये ५ वटामा सहमति गरेको छ भने पोखराको विषय अझै टुंगिन नसकेको नेताहरुले जानकारी दिएका छन्। बैठकमा काठमाडौँ, ललितपुर र विराटनगरमा कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ भने भरतपुर माओवादीले पाउने भएको छ। त्यस्तै वीरगञ्ज जनता समाजवादी पार्टीले पाउने भएको छ। पोखरा महानगरमा भने […]

वीरगञ्ज महानगर काँग्रेस सभापतिमा पत्रकार चौहान उम्मेदवार बन्ने

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले नेपाली काँग्रेसको वीरगञ्ज महानगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको आसन्न महाधिवेशनको पूर्व सन्ध्यामा सचिव चौहानले उम्मेदवारी घोषणा गरेका हुन् ।चौहानले उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठन निर्माण र महानगरमा एक नम्बरको शक्तिमा स्थापित गर्न आफूले पार्टीमा रहेर काम गर्ने निर्णय गरेको बताए । नेपाल प्रेस युनियनका नेतासमेत रहेका चौहान नेपाल पत्रकार महासंघको पर्सा जिल्ला अध्यक्ष, पत्रकार महासंघ प्रदेश २ को अध्यक्ष ह

वीरगञ्ज महानगरको मेयरमा ३५ जनाको उम्मेदवारी, उपमेयरमा ११ :: Pahilopost.com

वीरगञ्जः वीरगञ्ज महानगरपालिकाको मेयरका लागि ३५ जना चुनावी  मैदानमा उत्रिएका छन्।   असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्यकतालिका अनुसार बुधबार भएको मनोनयन दर्तामा मेयरका लागि ३५ जनाले र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीले जानकारी दिए। वीरगञ्ज महानगरमा रहेका ३२