वीरगञ्ज महानगरमा पहिलो दिन मेयरमा दिए चार जनाले उम्मेदवारी

वीरगञ्ज – वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशैभर एकसाथ सुरु भएको उम्मेदवारी दर्ताअन्तर्गत वीरगञ्ज महानगरमा पनि उम्मेदवारी दर्ता सुरु भएको हो। आइतबार र सोमबार दुई दिनसम्म उम्मेदवारी दिन पाइने व्यवस्थाअनुसार आइतबार पहिलो दिन वीरगञ्ज महानगरको मेयर, वडाध्यक्ष, सदस्यलगायत पदमा उम्मेदवारी दर्ता भएको छ। जिल्ला […]

सम्बन्धित सामग्री

मेयरमा हारे पनि जो मतदाताको घरदैलोमा पुगे (तस्बिरसहित)

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा पराजित भएका माओवादी केन्द्रका नेता शेरसिंह माल ‘डायमण्ड’ ले घरदैलो अभियान थालेका छन्। मतदाताहरूलाई धन्यवाद दिन डायमण्डले घरदैलो अभियान थालेका हुन्।३० वैशाखमा सम्पन्न भएको स्थानीय तह चुनावमा उनी नेपाली कांग्रेसका भरत बडायर जोशीसँग १ सय ३६ को झिनो मतान्तरले पराजित भएका थिए।मेयरमा निर्वाचित जोशीले ५ हजार ९४१ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी डायमण्डले ५ हजार ८०५ मत पाएका थिए। चुनावमा हारजित स्वाभाविक प्रक्रिया भएकाले आफूले प्रत्येक वडा

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका कुशवाहा पराजित

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन मधेस प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा नेपालीका काँग्रेसबाट मेयरमा उठेका कुशवाहा पराजित भएका हुन् ।सर्लाही क्षेत्र नं. ४ (ख)बाट निर्वाचित कुशवाहा काँग्रेस मधेस प्रदेशका प्रमुख सचेतक थिए ।  प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  का उम्मेदवार देवेन्द्र

छायाँनाथ राराको मेयरमा दुई पूर्व वडाअध्यक्षसहित पाँच जनाको प्रतिस्पर्धा

स्थानीय तह निर्वाचन आउन एकसाता बाँकी रहेका बेला उम्मेदवारहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार र कार्यकर्ता मतदाताको घरघरमै पुगेर आफूलाई मत दिन आग्रह गरिरहेका छन् ।  छायाँनाथ रारा नगरपालिकाको मेयरमा पाँचजना प्रत्यासी छन् । छायाँनाथ रारा नगरपालिकामा कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी र स्वतन्त्र गरी पाँच जनाको उम्मेदवारी परेको छ । जसमध्ये वडा नं ४ का निवर्तमान वडा अध्यक्ष तथा काँग्रेस  विष्णुकुमार भाम र वडा नं ५ का नि

कांग्रेस र माओवादी गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा शर्माले दिए उम्मेदवारी

१२ वैशाख, दाङ । सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको मेयरमा हेमराज शर्मा ‘डायमण्ड’ले मनोनयन दर्ता गरएका छन् । मनोनयन दर्ताको दोस्रो दिन सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शर्माले मेयरमा र नेपाली कांग्रेसका भुपबहादुर डाँगीले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धन तर्फका उम्मेदवाहररुले घोराहीमा तामझाम, बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयामा […]

मनोनयनको पहिलो दिन तुलसीपुर उपमहानगरको मेयरमा तीन जनाको उम्मेदवारी

११ वैशाख, दाङ । उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन तुलसीपुर उपमहानगरपालिकाको मेयरमा तीन जनाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलबाट दुई जना र स्वतन्त्रबाट एक जना गरी तीन जनाले मेयरमा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । नेकपा मालेका महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीका ढुण्डीराज चौधरी र मंगोल नेशनल […]

मनोनयनको पहिलो दिन घोराही उपमहानगरको मेयरमा ७ जनाको उम्मेदवारी

११ बैशाख, दाङ । उम्मेदवारी मनोनयनको पहिलो दिन दाङको घोराही उपमहानगरपालिकाको मेयरमा ७ जना र उप्रमुखमा ४ जनाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जना गरी कुल ७ जनाले मेयर पदमा उम्मेदवारी दिएको घोराही निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा मालेका नेत्रप्रसाद पाण्डेय, विवेकशिल साझा पार्टीका सूर्यप्रसाद पौडेल, मंगोल […]

विराटनगरको मेयरमा ३ जनाको उमेदवारी

स्थानीय तहको उमेदवार मनोनयनको पहिलो दिन विराटनगर महानगरपालिकाको मेयरमा तीन जनाको उमेदवारी परेको मुख्य निर्वाचन कार्यालयका सुचना अधिकारी हेम वुढाथोकीले जानकारी दिए।...

जनकपुरधामको मेयरमा पहिलो दिन ८ जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दलका र स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार साँझ ५ बजेसम्म मेयरमा ८ जनासहित कुल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। पहिलो दिन मेयरका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा ३ जनाको […]

काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

काठमाडौं : काठमाडौं महानगरको मेयरमा चर्चित र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा उनले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका छन्। साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले देशैभरी मनोनयन दर्ता गरिरहेका छन्। मनोनयन दर्ताको लागि दुई दिन समय पाएकाले ठूला दलहरू भने अझै आन्तरिक गृहकार्यमै छन्।

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद त्यागे

नेकपा (एमाले)बाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्थापितले सांसद पद त्यागेका हुन्। स्थापितले सभामुख श्रेष्ठसमक्ष बुझाएको राजीनामा...