भद्रपुर । छोरा नभए भाइ भतिजाले काजक्रिया गर्ने परम्परा रहेको राजवंशी जातिमा एकजना छोरी आफ्नो बुवाको कोरा (किरिया)मा बस्नुभएको छ । बिर्तामोड–४ मेघावारी टोल निवासी चन्द्रबहादुर राजवंशीको निधनपछि उहाँकी जेठी छोरी पूर्णवती राजवंशीले आफ्नो बुवाको काजकिरिया गरिरहनुभएको हो । चन्द्रबहादुरको फागुन १४ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रबहादुरका छोरा छैनन् । चार […]