बारको आन्दोलनले न्याय किनबेच हुने दिनको अन्त्य गर्योः अध्यक्ष घिमिरे

काठमाडौं, ३ पुस । नेपाल बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले चोकमा बसेर न्याय किनबेच हुने दिनको अन्त्य भएको बताएका छन् । आज (मंगलबार) न्याय सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले बारको आन्दोलनले बानेश्वर चोकमा बसेर न्याय खरिद विक्री हुने दिनको अन्त्य गराएको बताएका हुन् । अहिले ब्रिफकेस बोकेर बानेश्वर चोकमा न्याय किनबेच […]

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको एकैदिनमा ५ लाखभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारमा आएका ३१५ धितोपत्रमध्ये सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ । यस कम्पनीको एकै दिनमा ५ लाख १४ हजार ४११ कित्ता शेयर किनबेच भएको हो । कम्पनीको रू. ४७ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४१ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३३ रुपैयाँ ५० पैसा कम हो ।  कम्पनीको दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार सात कारोबार दिनसम्म कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । कारोबारमा आएको आठौं दिन अर्थात् आइतवार (हिजो)देखि कम्पनीको शेयरमा विक्री चाप देखिएको हो । उक्त दिन कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको थियो । सोमवार कम्पनीको शेयरको उच्च मूल्य कायम हुँदा प्रतिकित्ता रू. ९ सय ७० सम्म पुगे पनि अन्तिममा रू. ९४१ मा कायम भएको हो ।

घट्यो डलरको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, माघ २४ । आज अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४४ […]

वीरगञ्जमा छठका सामान किनबेच गर्नेको घुइँचो

१२ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा छठ पर्वका लागि आवश्यक पर्ने सामान किनबेच गर्नेको घुइँचो लागेको छ । घण्टाघर, मीनाबजार, रेल्वे रोड टाँगा स्टेसन, माइस्थान, मुर्ली लगायतका ठाउँमा सामान्य दिनमा भन्दा बढी भिडभाड देखिएको हो । घण्टाघरदेखि माइस्थानसम्म पार्किङ गर्न राखिएको मोटरसाइकल दुई-तीन गुणा बढेको छ । छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जमा समान्य दिनको तुलनामा […]

शेयर बजारमा सामान्य करेक्सन

अन्य दिनको तुलनामा यस दिन कारोबार रकम र शेयर किनबेच संख्या वृद्धि भएको छ । सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था र ङ्यादी ग्रुप पावर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्यो ।

माउन्टेन हाइड्रो नेपालको सर्वाधिक रू. ९ करोड २१ लाख बराबरको शेयर किनबेच

जेठ १९, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये माउन्टेन हाइड्रो नेपालको धितोपत्र सर्वाधिक किनबेच भएको छ । उक्त अवधिसम्ममा कम्पनीको रू. ९ करोड २१ लाख बराबरको शेयर किनबेच भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३११ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १२ दशमलव ७९ अंक घटेर २ हजार ११७ दशमलव ९४ विन्दुमा झरेको छ  । यसैगरी  उक्त अवधिसम्ममा कुल रू.५० करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

ओरालो लाग्यो सुनको मूल्य

सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनायो । मंगलबारको तुलनामा बुधबा

सेयर कारोबार घटेको घट्यै, ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । सेयर कारोबार रकम दिनप्रतिदिन घट्दै गएको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) कुल ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भयो । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब कमी हो । यसअघि बुधबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । त्यस्तै मंगलबार ५ अर्ब ३९ करोडको कारोबार […]

२७ सय नजिक पुग्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २७ सयनजिक पुगेको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) ४३.२९ अङ्कले बढेसँगै परिसूचक २६९२ अङ्कमा पुगेको हो । यसअघि हिजो ३० अङ्कले घटेको थियो । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । हिजो (बुधबार) ४ अर्ब ६२ करोडको सेयर किनबेच भएकोमा आज […]

ज्योति विकास बैंकको सर्वाधिक ६ करोड ३१ लाख बराबरको शेयर किनबेच

असार १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको एक घण्टाको कारोबार अवधिमा ज्योति  विकास बैंकको सर्वाधिक शेयर किनबेच भएको छ । कम्पनीको रू. ६ करोड ३१ लाख ६४ हजार बराबरको शेयर किनबेच भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४४० पुगेको हो ।  बजार बढेसँगै लगानीकर्ताको आकर्षण आधारभुत पक्ष बलियो भएका र विगतमा आकर्षक लाभांश वितरण गर्दै आएका कम्पनीकोे शेयरमा लगानीकर्ताको आकर्षण बढेको अनुमान लगाउन सकिन्छ  ।  साउन महीना लागेसँगै कम्पनीहरुले चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गर्छन् । राम्रो मुनाफा आर्जन गर्ने अपेक्षासँगै लाभांश पाउने आशाले यतिबेला लगानीकर्ताहरुले शेयर खरीद गरिरहेका छन् । सोही कारण कम्पनीको शेयरमूल्य बढेको हो ।

दुर्व्यसनी बुवाले १० दिनको बच्चालाई १० हजारमा बेच्न श्रीमतीलाई बाध्य पारे

एजेन्सी।भारतको उडिसामा एक लागूपदार्थ दुर्व्यसनी बुवाले आफ्नो १० दिनको छोरालाई १० हजार भारतीय रुपैयाँमा बेच्न आफ्नी श्रीमतीलाई बाध्य बनाएका छन्। भुवनेश्वरमा बेचिएका ती बालकको चाइल्डनाइन नामक गैरसरकारी संस्थाले उद्दार गरेको छ।आर्थिक अभावका कारण ती बुबाले छोरालाई डस्टबिनमा फाल्न श्रीमतीलाई दबाब दिए पनि एक महिलालाई दिएकी थिइन्। दुवै पक्षले बच्चा किनबेच गरेको स्वीकारेका छन्। दुवैमाथि कारवाही अघि बढाइएको छ।