जेठ १९, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये माउन्टेन हाइड्रो नेपालको धितोपत्र सर्वाधिक किनबेच भएको छ ।
उक्त अवधिसम्ममा कम्पनीको रू. ९ करोड २१ लाख बराबरको शेयर किनबेच भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३११ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १२ दशमलव ७९ अंक घटेर २ हजार ११७ दशमलव ९४ विन्दुमा झरेको छ । यसैगरी उक्त अवधिसम्ममा कुल रू.५० करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।