सर्वोत्तम सिमेन्टको एकैदिनमा ५ लाखभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारमा आएका ३१५ धितोपत्रमध्ये सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ । यस कम्पनीको एकै दिनमा ५ लाख १४ हजार ४११ कित्ता शेयर किनबेच भएको हो । कम्पनीको रू. ४७ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४१ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३३ रुपैयाँ ५० पैसा कम हो ।  कम्पनीको दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार सात कारोबार दिनसम्म कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । कारोबारमा आएको आठौं दिन अर्थात् आइतवार (हिजो)देखि कम्पनीको शेयरमा विक्री चाप देखिएको हो । उक्त दिन कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको थियो । सोमवार कम्पनीको शेयरको उच्च मूल्य कायम हुँदा प्रतिकित्ता रू. ९ सय ७० सम्म पुगे पनि अन्तिममा रू. ९४१ मा कायम भएको हो । 

सम्बन्धित सामग्री

ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौं : गत आर्थिक वर्ष ०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको २ करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्ख्या २०६ छ।दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको शेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको हो। ओटिसी बजारमा भएको कारोबारबाट गतवर्ष ५ करोड २९ लाख ५५ हजार ९८०

बढ्यो सहरमा कित्ता एकीकरणको ग्राफ, जग्गा किनबेच गर्दा किन हुँदैछ कित्ता एकीकरण ?

काठमाडौः सरकारले भू-उपयोग नियमावलीमार्फत न्यूनतम आकार नै बढाइदिएपछि कित्ता एकीकरण(मर्ज) गर्ने बढेका छन्। नियमावली आउनुअघिको दुई महिनामा साबिकभन्दा हाल कायम कित्ताकाटको संख्या दोब्बर-तेब्बर हुने गर्थे। तर, जेठ मसान्तमा नियमावली सबै मालपोत कार्यालयहरुमा सर्कुलर भएसँगै असारदेखि कित्ता एकीकरण गर्ने ट्रेन्ड देखिन थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असारयता…

लुम्बिनी जनरल इन्स्योरेन्सको ११ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

लामो समयपछि १ करोड कित्ता शेयर किनबेच, कारोबार रकम ४ अर्ब नाघ्यो

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ । तिब्र उतारचढाव आएको नेप्से सूचक कारोबार अन्त्य हुँदा ९.७५ अंकले घटेर २०६७.६७ को बिन्दुमा पुगेर रोकिएको छ ।नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज कारोबारमा आएका २३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २१ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको १७ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख तथा अरुणकाबेली पावरको ११ करोड ७८ लाखको कारोबार भएको छ । लामो समयपछि आज नेप्सेमा १ करोड कित्ता बढी शेयर कारोबार भएको हो भने कारोबार रकम ४ अर्ब नाघेको हो ।आज सिवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सामलिङ पवरको शेयर मूल्य ७.७० प्रतिशत तथा साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ६.८५ प्रतिशत बढेको छ । आज युनियन हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.१८ प्रतिशतले घटेको छ भने ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य ६.०४ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ट्रेडिङ, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स  बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुह सर्वाधिक ६.८२ प्रतिशतले बढेको छ।

३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सुचिकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनको २० प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ५ सय ८३ कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।

३२ अंकले घटेको सेयर बजारमा तीन अर्बको कारोबार, तीन कम्पनीका लगानीकर्ता मालामाल

आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज जम्मा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।बजार उच्च अंकले घटे पनि आज व्यापार, अन्य र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । व्यापार ११८ अंकले, अन्य ४ अंकले र म्यूचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै १५५ अंकको, निर्

जीवन विकास लघुवित्तको सेयर एक घण्टामा ७० कित्ता किनबेच

१४ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सूचीकृत पश्चात बिहीबार पहिलो कारोबार भएको छ । यस संस्थाको ६० लाख ८४ हजार कित्ता आईपीओ बुधबार सूचीकृत भएको थियो । नेपाल स्टक एक्सचेञ्जले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसा देखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा मूल्य तोकेको थियो । तोकिएको अधिकतम […]

सेयर बजारमा ७१ अंकको गिरावट

काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७१ अंकको गिरावट आएको छ। कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से बन्द हुँदासम्म घटेर २८ सय ३४ अंकमा आइपुगेर बन्द भएको छ। यस क्रममा आज नेप्सेमा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै आज २ करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ।

आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अंकले घटेर २८ सय १५ अंकमा आइपुगेको छ। यसक्रममा आज १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ।

निषेधाज्ञामा पनि साढे चार अर्बको सेयर कारोबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दिन बिहीबार सेयर बजारमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । अनलाइनमार्फत कारोबार र भुक्तानी गर्न सकिने व्यवस्थाका कारण निषेधाज्ञाको समयमा पनि सामान्य अवस्थाकै जस्तो सेयर किनबेच भएको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८२ अंकले वृद्धि हुँदा बिहीबार २१७ कम्पनीका ९८ लाख १८ हजार कित्ता सेयर किनबेच […]