असार १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको एक घण्टाको कारोबार अवधिमा ज्योति विकास बैंकको सर्वाधिक शेयर किनबेच भएको छ ।
कम्पनीको रू. ६ करोड ३१ लाख ६४ हजार बराबरको शेयर किनबेच भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४४० पुगेको हो ।
बजार बढेसँगै लगानीकर्ताको आकर्षण आधारभुत पक्ष बलियो भएका र विगतमा आकर्षक लाभांश वितरण गर्दै आएका कम्पनीकोे शेयरमा लगानीकर्ताको आकर्षण बढेको अनुमान लगाउन सकिन्छ ।
साउन महीना लागेसँगै कम्पनीहरुले चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गर्छन् । राम्रो मुनाफा आर्जन गर्ने अपेक्षासँगै लाभांश पाउने आशाले यतिबेला लगानीकर्ताहरुले शेयर खरीद गरिरहेका छन् । सोही कारण कम्पनीको शेयरमूल्य बढेको हो ।