एजेन्सी । ट्विटरले अस्ट्रेलियाका हिन्दी भाषाका प्राध्यापक इयान वुलफोर्डको अकाउन्ट निलम्बन गरेको छ । इयानले शनिबार बिहानदेखि उनको अकाउन्टको डिस्प्ले नेम(देखिने नाम) इयान वुलफोर्डबाट बदलेर इलन मस्क बनाएका थिए । त्यसबाहेक उनले आफ्नो ट्वीटर अकाउन्टको बायो, डीपी र कभर फोटोलाई अहिलेको इयान मस्कको अकाउन्टकै जस्तो बनाएका थिए । यी परिवर्तनपछि इयानले हिन्दी र भोजपुरी भाषामा एकपछि अर्को ट्वीट गर्न थाले । कयौँ मानिस ती ट्वीटलाई मस्ककै ठानेर झुक्किन पुगेका थिए । रमाइला र व्यङ्ग्यात्मक ट्वीटर कम्पनीमा हा