भदौ २४ गते रातिको बाढीले लास्कु खोलाको पुल बगाएपछि दुहु र ब्यास गाउँपालिकाबीच बन्द भएको आवतजावत अस्थायी पुल निर्माणसँगै सहज भएको छ । पुल बगाएको ६ दिनपछि लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गरेपछि दुवै गाउँपालिकाबीच आवतजावत सहज भएको हो ।
१३ पुस, म्याग्दी । म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । सङ्घीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यसवर्ष दुईवटा मोटरेबल पुल […]
बाँके– निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवतजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल निर्माण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । ‘निकुञ्जभित्र स–साना खोलानाला छन् । वर्षामा खोला तार्न गस्ती सम्भव छैन’, उनले भने ,’गस्तीका साथै अवलोकनमा आउनेलाई सहजताका लागि र […]
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटारस्थित तावाखोलामा मोटरेवल पुल निर्माण भएपछि अब दुई गाउँपालिकाबीच सहज आवतजावत हुने भएको छ।...
दाङ – राजपुर गाउँपालिका- ७ मा झोलुंगे पुल सञ्चालनमा आएको छ। ताली सुनपत्री दोभानमा झोलुङ्गे पुल सञ्चालनमा आएको हो। सुनपत्री खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावत गर्न सजिलो भएको स्थानीय उपभोक्ता राजन वलीले जानकारी दिए।’वर्षामा आउन जान मुस्किल थियो। अब सजिलो हुने भयो।’ उनले भने,’साना बालबालिकादेखि बृद्ध बुवा आमालाई खोला तर्न सजिलो भयो।’ ४८ लाख ४३ […]
जुम्ला : बाढीले बगाएको पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।बाढीले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहित प्रशासनिक केन्द्र जाने पुराना काठका पुल बगाएर आवतजावत बन्द भएको थियो।‘पुल नहुँदा मंसिर ४ गते मतदान गर्न जान त्यहाँका स्थानीयलाई कठिन भएको थियो। त्यहाँ रहेको कालिका आधारभूत विद्यालयमा यसपटक मतदान केन्द्र छ‚’ वडा नम्बर ४ का अध्यक्ष सूर्यमणि हमालले भने।उनका अनुसार वडाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंज
रेसुङ्गा (गुल्मी), २१ कात्तिक । नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ । आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झन्छन् स्याङ्जाका […]
तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अभैm बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न जान स्थानीयवासीलाई समस्या भएको हो । अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरु मिलेर सहज आवतजावत गर्नका लागि उक्त खोलामा बाँस तेर्स्याएर अस्थायी पुल निर्माण गरिएको थियो ।सो पुल तीन वर्ष
महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ ।
हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा २ देशको आवागमनलाई सहज बनाउन गड्डाचौकीमा १ मात्र पक्की पुल रहेको छ ।
सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्काे पुल निर्माण हुने भएको हो ।
महाकाली नदीमा भारतसँग जोड्ने यो दोस्रो पक्की पुल हुनेछ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...
काठमाडौं, पुस २३। महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ । सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि […]
१७ साउन, मनाङ । सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ । पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी […]