फड्केपुल निर्माण गर्दै स्थानीयवासी

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका९५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी । बाढीले गत जेठ ३२ गते मोटरेवल काठेपुल बगाएपछि सदरमुकाम फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका क्षेत्रमा आवतजावत गर्न सहज होस् भनी उनीहरुले अस्थायी पुल बनाउन थालेका हुन ।

सम्बन्धित सामग्री

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी, फागुन २ । मुस्ताङको थासाङ गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो । थासाङ-२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले रु ४५ लाख ३२ हजार एक सय छ लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल […]

छिपछिपेमा झोलुङ्गे पुल निर्माण, स्थानीयवासी हर्षित (फोटोफिचर)

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको चिउरीबोटस्थित छिपछिप गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिप खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त पुलको बुधवार उद्घाटन गरिएको हो । झोलुङ्गे पुल निर्माण गर्नको लागि प्रादेशिक प्राविधिक सहयोगी निकाय (पिटिएपि) पोखरा, झोलुङ्गे पुल सहयोग […]

उम्मेदवारसँग मतदाताको अपेक्षा : खोलामा तटबन्धनसँगै पुल निर्माण

जनकपुरधाम-  बलुवा खोलामा पुल निर्माण नहुदाँ बर्सेनि वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीय एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने […]

बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण

जुम्ला – गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी, नेपालीसेना, नेपाल प्रहरीको सहयोगमा पुल निर्माण गरी सञ्चालनमा आएको छ । सो गाउँपालिकाको पहलमा काठेपुल निर्माण गरिएको हो । पुल बगाएर यस क्षेत्रमा यातायात प्रभावित भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएपछि गुठीचौर […]

झोलुङ्गे पुलको निर्माणले स्थानीयवासी खुसी

काठमाडौँ,१७ असार । यहाँको मरिण गाउँपालिका–३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् । तत्काल नै पुल निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । वर्षौँदेखि वर्षात्को समयमा समस्यामा रहेका […]

रिङरोड जोड्ने पुल निर्माण सम्पन्न

दाङ । दाङको कुहिरेपानीदेखि घोराही जोड्ने सडकमा पर्ने सिस्ने खोलामा समयभन्दा पाँच महीना अगाडि पुल सम्पन्न भएको छ । कुहिरेपानी–सर्रा जोड्ने पुल नभएका कारण यात्रुलाई समस्या हुने गरेको थियो । सिस्ने खोलामा बर्सेनि आउने बाढीले धेरै दु:ख भोग्नु परेको थियो । लम्बाइ ९० मिटर र चौडाइ ९ दशमलव ६० मिटरका  दुईवटा पुल रहेका छन् । आउने र जाने (छुट्टाछुट्टै) यात्रा गर्न मिल्ने पुल दाङमा यो नै पहिलो हो । लुम्बिनी प्रदेश सरकारको १९ करोडको बजेटमा पुल बनेको इटाइट कन्ट्याक्ट कम्पनीका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । दुई वर्ष ६ महीनामा सक्नुपर्ने सम्झौता भएको थियो । पाँच महीनाअगाडि नै ९९ प्रतिशत काम सम्पन्न गरेको उनले बताए । खोलामा पुल निर्माण भएसँगै घोराहीवासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साबिकको सौडियार गाविस साबिकको लक्ष्मीपुर गाविस र साबिक घोराही नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सो सडक पार गर्न करीब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो । तर, पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको स्थानीयवासी डोरबहादुर केसीले जानकारी दिए । वर्षात्को समयमा ठूलो बाढी आउने भएकाले यात्रा गर्न कठिन थियो । घोराही बजार जानलाई दुई घण्टा लाग्थ्यो अब १० मिनेटमा पुगिन्छ । यसैबीच घोराही बजारको गाडीको चापलाई कम गर्न कुहिरेपानीदेखि सर्रासम्म वैकल्पिक सडकका रूपमा निर्माण हुन लागेको चारलेनको दामोदर सडकमा पर्ने सिस्ने र कुटुवा खोलाको दोभानमा निर्माण भएको सिस्ने खोला पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । २०७७ साल वैशाखमा २०७९ साल कात्तिक महीनामा काम सक्ने गरी सम्झौता भएको इन्जिनियर बाबुराम भुसालले जानकारी दिए ।  अहिले ९९ प्रतिशत काम सम्पन्न भइसकेको  छ । हस्तान्तरण गर्न मात्रै बाँकी रहेको उनले बताए । पुलको तल्लो र माथिको भागको काम सबै सकिएकोे उनले बताए । पुल निर्माण भएसँगै त्यहाँका स्थानीयवासीसँगै सडक वारपार गर्ने सबैलाई सहज हुने देखिएको छ । रासस

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

जनकपुर- लामो समयको प्रतीक्षा पश्चात् पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयबासीमा उत्साह बढ्ेको हो । विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र […]

भोटिया खोलामा पुल निर्माण हुने

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ ।  रु चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निर्माण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र […]

फलेवास र कुश्मीशेरा जोड्ने पुल निर्माण अलपत्र : स्थानीयवासी आक्रोशित

पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ ।  पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो । यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस

रेसुङ्गाका दुई वडा जोड्न झोलुङ्गे पुल निर्माण

२० असार, गुल्मी । रेसुङ्गा नगरपालिकाका दुईवटा वडालाई जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । वडानम्बर-७ र वडानम्बर-९ लाई जोड्न पुल निर्माण गरिएको हो । वडानम्बर ७ को भुजलखर्क र वडानम्बर ९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न घुमारो बाटो हिडनुपर्ने भएपछि दुई गाउँलाई झोलुङ्ले पुलले जोडिएको हो । झोलुङ्गे पुल बनेेपछि स्थानीयवासी खुसी छन् […]