काठमाडौं : सरकारले अमेरिका, बेलायत र भारतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले श्रीधर खत्रीलाई अमेरिकाका लागि र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको हो। यसैगरी, डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको छ।यसअघि डा शर्मा अमेरिकाका लागि राजदूत भइसकेका छन्। उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन्