विश्वभरी सबैभन्दा धेरै सैन्य खर्च गर्ने पाँच देश

 संसारभरी सैन्य खर्च पहिलो पटक दुई ट्रिलियन डलरभन्दा बढी पुगेको छ । यो जानकारी सिपरी अर्थात् स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले आफ्नो रिपोर्टमा दिएको छ । सन् २०२१ मा जुन पाँच देशले सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गरेका छन्, ती हुन् अमेरिका, चीन, भारत, बेलायत र रुस । सिपरीका अनुसार यी पाँच देशको सैन्य क्षेत्रमा खर्च पूरा विश्वको खर्चको ६२ प्रतिशत थियो ।सिपरीको रिपोर्ट अनुसार सन् २०२१ मा भारतको सैन्य खर्च ७६.६ अर्ब डलर थियो । सन् २०२० को तुलनामा यसमा ०.९ को बढोत्तरी थियो जबकी सन्

सम्बन्धित सामग्री

विश्वको सैन्य खर्च पहिलो पटक २० खर्ब डलरमाथि उक्लियो

वैशाख १३, काठमाडौं । विश्वको सैन्य खर्च बढेर गत वर्ष पहिलो पटक २० खर्ब डलरभन्दा माथि उक्लिएको छ । बौद्धिक समूह स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)ले हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार गत वर्ष विश्वभर सैन्य गतिविधिमा २१ खर्ब १३ अर्ब डलर खर्च भएको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ७ प्रतिशत धेरै हो ।  सैन्य खर्चको मामिलामा अमेरिका सबैभन्दा अगाडि रहेको छ । सन् २०२१ मा अमेरिकाले सैन्य गतिविधिमा ८ खर्ब १ अर्ब डलर खर्च गरेको छ । यो सन् २०२० को तुलनामा १ दशमलव ४ प्रतिशत कम हो । अमेरिकी जीडीपीको अनुपातमा खर्चको आकार ३ दशमलव ७ प्रतिशत हो । दोस्रो स्थानमा चीन र तेस्रोमा भारत रहेका छन् ।  यिनीहरुको कूल सैन्य खर्च क्रमशः २ खर्ब ९३ अर्ब र ७६ अर्ब ६० करोड डलर रहेको छ । अघिल्लो वर्षको तुलनाा चीनले गत वर्ष सैन्य खर्च ४ दशमलव ७ प्रतिशतले बढाएको छ भने भारतको वृद्धि शून्य दशमलव ९ प्रतिशत मात्रै छ । सैन्य गतिविधिमा सबैभन्दा धेरै खर्च गर्ने चौथो र पाँचौं देश बेलायत र रुस हुन् ।  सिप्रीका अनुसार गत वर्ष कुल सैन्य खर्च शून्य दशमलव ७ प्रतिशतले बढेको छ । विश्वको कूल खर्चमा अमेरिका, चीन, भारत, बेलायत र रुसको खर्चको अनुपात ६२ प्रतिशत छ । कोभिड–१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च यस अघि कहिले नदेखिएको स्तरमा उक्लिउको सिप्रीका डा. डिएगो लोपेज दा सिल्भाले बताएका छन् ।

विश्वमा सैन्य खर्च बढ्यो, यी हुन् बढी खर्च गर्ने पाँच देश

काठमाडौं- गत वर्ष विश्वको सैन्य खर्च २१ खर्ब १३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानकारी दिएको हो ।  अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प्रतिशतले बढेको हो । अमेरिका, […]