जुम्लाका सरोकारवालाहरूले बालविवाह हुनुमा प्रमुख कारण गरिबी नै भएको बताएका छन् । बालविवाह अन्त्यका लागि बनेको कर्णाली प्रादेशिक रणनीतिक योजनाको मस्यौदामाथि सुझाव संकलन कार्यशालामा जुम्लाका सरोकारवालाहरूले बालविवाह अन्त्य गर्न सबैको हातेमालो हुनुपर्नेमा जोड दिए ।