सरकारले प्रदेशमा सरूवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक रोजगार, श्रम, मालपोतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो सरूवा रोक्न दबाब दिन थालेका हुन्। सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएको छ।…