स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गरेको कर्मचारी सरूवा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकिदिएका छन् ।
मन्त्री खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीमा सरूवा गरेका थिए ।
तर उनको सरूवा रोक्न प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री खतिवडालाई निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालय अन्तर्गतका १० जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए ।
अहिले वीर अस्पतालमा निमित्त प्रशासकीय अधिकारी रहेका डा...