आयोगले सरकारलाई भन्यो: राजनीतिक नियुक्ति नगर्नु, कर्मचारी सरूवा नगर्नु

निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन जारी गरेको छ। बिहीबार बसेको आयोगको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मर्यादित, स्वच्छ तथा पारदर्शी ढंगले सम्पन्न गर्न र निर्वाचन आचार संहितालाई पूर्ण रूपले कार्यान्वयन गर्न/गराउन यस्तो निर्देशन जारी गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार आयोगले नेपाल सरकारले गर्ने सबै किसिमका राजनीतिक नियुक्तिमा…