स्वावलम्बन लघुवित्तको शेयर संरचना परिवर्तन हुने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम शेयर संरचनामा संस्थापकको १० प्रतिशत शेयर घटाएर सर्वसाधारणको शेयर १० प्रतिशत बढाउने जनाएकाे छ ।  कम्पनीको हाल कायम शेयर संरचना अनुसार संस्थापकको शेयर ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ । नयाँ शेयर संरचना अनुसार कम्पनीमा संस्थापकको शेयर ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ । 

सम्बन्धित सामग्री

ग्रीन डेभलपमेन्ट बैंकले शेयर संचरना परिवर्तन गर्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागबाट चैत ७ गते स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार शेयर स्वामित्व परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २७ गते हुने दशौं वार्षिक साधारण सभामा थप गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाख रूपैयाँको आधारमा ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर् र प्रस्ताव प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सर्वसाधारणतर्फबाट २ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

मल्टीपर्पस फाइनान्सको शेयर संरचना परिवर्तन

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले यसअघि कायम संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको हो । सोबमोजिम कायम हुने संस्थापक समूहको ४ लाख ६ हजार ८०० कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भई नेप्सेमा अभिलेख राख्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले संस्थापकतर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।

स्वावलम्बन लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको १० प्रतिशत  अर्थात् १२ लाख ९० हजार ४९६  कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण भएको हो । अब कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।

सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको १९ प्रतिशत अर्थात् ३८  लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण भएको हो । अब कम्पनीमा संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।

संघीय संरचना परिवर्तन गर्नुपर्छ : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको उनले बताए ।प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय  संरचना बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपा नेपालले संघ

मल आयात गर्न संरचना परिवर्तन गरौँ : गगन थापा

काठमाडौं, २५ जेठ।  कांग्रेस महामन्त्री गगन थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हरेक वर्ष मल आयातका लागि बजेट छुट्याए पनि मल आयात हुन नसकेपछि अब संरचना नै परिवर्तन गर्नुपर्ने बताए । सरकारले किसानलाई मल नदिने र […]

सेञ्चुरी बैंकले संस्थापक शेयधनी समूहको शेयर संरचना परिवर्तन गर्ने

कात्तिक ३, काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको सेयर संरचना परिवर्तन गर्ने भएको छ ।   कम्पनीले हाल कायम रहेको संस्थापक शेयरधनीको समूहको  ५३ दशमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको हो ।  कम्पनीले शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । कम्पनीले संस्थापक शेयरधनीले आफ्नो शेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने वा सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालय पुतलीसडकमा सम्र्पक गर्न पनि भनेको छ ।

गुराँस लाईफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

असार २६, काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक समूहको शेयर संरचना ७० प्रतिशत रहेकोमा ६० प्रतिशत हुने गरी शेयरधनीलाई शेयर संरचना परिवर्तन गर्न लागेको हो । कम्पनीको शेयर संरचना संस्थापक तथा सर्वसाधारण तर्फ ७०:३० रहेकोमा कम्पनीको छौंठौ साधारण सभाबाट सो अनुपातलाई ५१:४९ कायम गर्ने विशेष प्रस्ताव पारित भएकोमा बीमा समितिको असार १४ गतेको पत्रबाट ६०:४० कायम गर्न स्विकृति दिएको हो ।  सो अनुपातमा संस्थापक शेयर कायम गरी बाकी शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालय आइपुग्ने गरी लिखित जानकारी दिन कम्पनीले भनेको छ । उक्त समयभित्र शेयर परिवर्तन गर्ने नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिमसर्वसाधारण समूहमा परिवर्तन गरिने समेत कम्पनीले बताएको छ ।

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम सेयर संरचना ५२ प्रतिशत संस्थापक र सर्वसाधारणको ४८ प्रतिशत रहेकोमा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी परिवर्तन गर्न लागेको हो ।संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत रहने गरी बाँकी सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने भएकाले वैशाख १५ […]