गुराँस लाईफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

असार २६, काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक समूहको शेयर संरचना ७० प्रतिशत रहेकोमा ६० प्रतिशत हुने गरी शेयरधनीलाई शेयर संरचना परिवर्तन गर्न लागेको हो । कम्पनीको शेयर संरचना संस्थापक तथा सर्वसाधारण तर्फ ७०:३० रहेकोमा कम्पनीको छौंठौ साधारण सभाबाट सो अनुपातलाई ५१:४९ कायम गर्ने विशेष प्रस्ताव पारित भएकोमा बीमा समितिको असार १४ गतेको पत्रबाट ६०:४० कायम गर्न स्विकृति दिएको हो ।  सो अनुपातमा संस्थापक शेयर कायम गरी बाकी शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालय आइपुग्ने गरी लिखित जानकारी दिन कम्पनीले भनेको छ । उक्त समयभित्र शेयर परिवर्तन गर्ने नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिमसर्वसाधारण समूहमा परिवर्तन गरिने समेत कम्पनीले बताएको छ ।