ग्रीन डेभलपमेन्ट बैंकले शेयर संचरना परिवर्तन गर्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागबाट चैत ७ गते स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार शेयर स्वामित्व परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २७ गते हुने दशौं वार्षिक साधारण सभामा थप गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाख रूपैयाँको आधारमा ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर् र प्रस्ताव प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सर्वसाधारणतर्फबाट २ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।  

सम्बन्धित सामग्री

ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ३ दशमलव ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३६२ दशमलव ५२ कायम भएको छ ।  नेप्सेल बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३७६ दशमलव ३० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संचालक पदमा श्रेष्ठ नियुक्त भएका हुन् । आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका हुन् ।

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा  नारायणीदेवी श्रेष्ठ नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र सञ्चालकमा श्रीमती नारायणीदेवी श्रेष्ठलाई नियुक्त गरेको छ । माघ १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले रित्त स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेकोे हो ।

ग्रीन डेभलपमेन्ट बैंक दसौं वर्षमा

ग्रीन डेभलपमेन्ट बैंक स्थापनाको दसौं वर्षमा प्रवेश गरेको छ ।वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । बैंकले पोखरा महानगरपालिका–२८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहमा वृक्षारोपण कार्यक्रम, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र बागलुङ जिल्लाको हनुमान् नाच संरक्षण परिषद् तथा रंकबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।रक्त सञ्चार केन्द्र, पोखराको […]

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं, १५ फागुन । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चैत १२ गतेका लागि नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १३ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभाको लागि चैत २ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । गत वर्ष ३ दशमलव ८० […]

नेपाल पेमेन्ट सोलुसन र ग्रीन डेभलपमेन्ट बैंक बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै ग्रीन डेभेलपमेन्ट बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका सीएक्सओ प्रताप श्रेष्ठ र सिबीओ अभय रिजाल तथा ग्रीन डेभेलपमेन्ट बैंकका सीईओ उमेश कुमार आचार्य र हेड अपरेसन सुशलि पौडेलले आ-आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  योसँगै ग्रीन...

नेप्सेमा ग्रीन डेभलपमेण्ट बैंक र ङादी ग्रुप पावरको बोनस शेयर सूचीकृत

मंसिर ३, काठमाडौं । दुई  ओटा अलग - अलग कम्पनीको बोनस शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको छ । यसैगरी  ङादी ग्रुप पावर कम्पनी लिमिटेडको ११ लाख ७८ हजार २२१ कित्ता शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछिमात्र शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । ग्रीन डेभलपमेण्ट बैंकले २०७७ चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने ङादी ग्रुप पावरले २०७८ असोज ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

ग्रीन डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौ, ४ कात्तिक । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कार्तिक १ गतेदेखि लागू हुने गरी बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ती गरेको बैंकले जनाएको छ […]

ग्रीन डेभलपमेन्टले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा पोखरा महानगरपालिका–२८ स्थित रत्नशोभा माविमा वृक्षारोपण गर्नुका साथै उक्त विद्यालयका विद्यार्थी र शिक्षकलाई शुद्ध पानी पिउन युरोगार्डसमेत हस्तान्तरण गरेको छ । बैंक सञ्चालक कृष्णशंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्जा विभाग प्रमुख हरिबहादुर बुढाथोकीले वार्षिकोत्सव अवसरमा सामाजिक गतिविधिअन्तर्गय यो कार्यक्रम गरिएको बताए । विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले वृक्षारोपण र युरोगार्ड हस्तान्तरणका लागि  विद्यालयलाई छनोट गरेकामा धन्यवाद दिए । कार्यक्रममा वडा नम्बर २८ का वडा सदस्य विष्णुप्रसाद तिवारीले बैंकलाई नाफा कमाउने मात्र नभई सामाजिक कार्यमा सरिक हुनु सकारात्मक भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै छरिएर रहेको पुँजीलाई एकीकृत गरी स्थानीय स्तरमै सञ्चालित उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै  आएको बताए । बैंकले हाल कास्की, बाग्लुङ, म्याग्दी र नवलपुरका विभिन्न १३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।