मल्टीपर्पस फाइनान्सको शेयर संरचना परिवर्तन

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले यसअघि कायम संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको हो । सोबमोजिम कायम हुने संस्थापक समूहको ४ लाख ६ हजार ८०० कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भई नेप्सेमा अभिलेख राख्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले संस्थापकतर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।