राहुघाट नदीमा एकैसाथ दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरु

फागुन १, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरु गरिएको छ ।  तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको मंगले राहुघाट र ४८ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईओटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको बताए ।  ‘मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुईओटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडेका छौ,’ उनले भने ‘सुरुङ निर्माण थालिएको र दुईओटै आयोजनाको विद्युतगृह र बाँधको काम शुरु गर्ने तयारीमा छौ ।’  पाँच हजार ५०० मिटरमध्ये दुईओटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मंगलेको पनि थप तीन ओटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ । माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुई ओटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ । बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मंगले जलविद्यु्त् आयोजनाको चिमखोलाको मलाङमा विद्युतगृह बनाउनका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ ।  दग्नामको अजिंगर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ । घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी भएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए । कुल लागत रू. पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ ।  राहुघाट मंगलेकोको विद्युतगृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युतगृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि निर्माण शुरु भएको हो ।  विद्युतगृह र अडिट निर्माणस्थल पुग्ने पहुँचमार्ग निर्माण गरिएको छ । विद्युत्गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ स्थित चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना गरिएको  छ ।  उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सवस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दूरीको प्रशारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ । राहुघाट नदीको सहायक ठूलो खोलामा संयुक्त ऊर्जा प्रालीले २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।  राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । रासस

सम्बन्धित सामग्री

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो। दग्नामतर्फको […]

‘सेतो हात्ती’ बन्ने जोखिममा राहुघाट जलविद्युत्

गतिलो ठेकेदार परेका कारण म्याग्दीको बहुप्रतीक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य कछुवा गतिमा सञ्चालन भइरहेको छ।...

राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै

म्याग्दी- रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो। प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ। राहुघाट जलविद्युत्मा […]

राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण गरिँदै । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको बाँध, विद्युत्गृह र सुरुङ निर्माण तीव्र रुपमा अघि बढेको छ ।-तस्बिर-सन्तोष गौतम-रासस

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण

म्याग्दी, १३ मंसिर । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको […]

राहुघाट जलविद्युत् आयोजनाको प्रगति ३० प्रतिशत

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना ढिलासुस्तीले थलिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सम्झौता भएर विभिन्न चरणका ठेकेदारले समयमै काम गर्ने जनशक्ति फिल्डमा नल्याई १२ वर्ष बितिसक्दा पनि ३० प्रतिशत काममा सीमित भएको छ ।भारतीय एक्जिम बैंकको ६७ […]

राहुघाट नदी र बगरखोलामा ‘बेलिब्रिज’

म्याग्दी- रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने पुल (बेलिब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलिब्रिजबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इन्जिनियर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट […]

म्याग्दीको रायखोरको पहिराले राहुघाट नदी थुनियो

रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए । “करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ”, उनले भने, “निरन्तर पहिरो खसिरहेको छ ।” राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर &l

म्याग्दीको रघुगङ्गामा राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा  ‘बेलीब्रिज’

म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जीनियर नरोत्तम कार्कीले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए ।पैतीस मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्

चिमखोला–राहुघाट प्रसारण लाइन आयोजना अघि बढ्यो

–सन्तोष गौतमम्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ ।  मङ्गले र अपर (माथिल्लो) राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दुवै आयोजनाको प्रबद्र्धक तुँदी पावर कम्पनीले चिमखोलादेखि राहुघाट सवस्टेशनसम्म १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन लागेको हो । परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रालिका शङ्कर बस्यालले ३५ मेगावाट क्षमताको मङ्