बेनी–जोमसोम–कोरला सडक अन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण

म्याग्दी, १३ मंसिर । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको […]

सम्बन्धित सामग्री

बेनी–जोमसोम सडकको रुप्से झरनामा बेली ब्रिज निर्माण

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से झरनामा बेली ब्रिज निर्माण गरिएपछि नियमित यातायात सञ्चालन भएको छ।उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेली ब्रिज नियमित सञ्चालनमा आएको हो।३ वर्षअघि विसं २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो। पुल बगाएपछि बर्खामा

रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिँदै

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान शुरू भएको हो । आयोजनाका इञ्जिनीयर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवतजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताए । ‘ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण शुरू गरेको छ,’ उनले भने, ‘एक वर्षभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रू. तीन करोड ५६ लाखमा यसै महीना ठेक्का सम्झौता गरेको छ । कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता भएलगत्तै बेलिब्रिजको फाउण्डेशन र पर्खाल निर्माण शुरू गरिएको बताए । कम्पनीमार्फत बेलिब्रिज निर्माणका साथै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको छ । विसं २०६४ मा जडान गरिएका महभिर र पोखरे बगरका बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छन् । तीमध्ये एउटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो । वर्खायाममा रुप्से खोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । २०७७ साउनमा बाढीले रुप्से खोलामा निर्माणाधीन पक्की पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ । निर्माणका क्रममा रहेको रुप्से र मुस्ताङको खहरेखोलाको पुलको संरचना बाढीले बगाएपछि डिजाइन परिवर्तन गरेर नयाँ बनाउन प्रक्रिया अघि बढाइएको बेनी जोमसोम कोरला सडक आयोजनाले बताएको छ । रासस

कालिगण्डकीमा बन्दैगरेको दुई वटा पक्की पुल निर्माण सम्पन्न

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत कालिगण्डकी नदीमा दुई स्थानमा पक्की पुल निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर र तिप्ल्याङस्थित कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण गरिएको हो ।

बेगखोलामा मोटर चल्ने पुल निर्माण सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआई/हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता […]

बेगखोलामा पक्की पुल निर्माण तीव्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सझौताअगावै निर्माण सम्पन्न गर्ने गरी काम गरिएको छ। सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो।

कालीगण्डकीमा बेलिब्रिज निर्माण सुरु

वर्षौंदेखि सडक सुविधाबाट वञ्चित रहँदै आएको बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटलाई बेनी बजारसँग जोड्न कालीगण्डकी नदीमा ‘बेलिब्रिज’ निर्माण थालिएको छ। पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो। पक्की पुल नहुँदा बगरफाँटवासीले सास्ती भोग्दै आएका छन्। बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ।