म्याग्दी – नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो। दग्नामतर्फको […]
रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत भएको छ । राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको छ । आयोजनाले भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ गरेको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने ठाडो १९६ मिटर सुरुङ सोमबार जोडिएको […]
म्याग्दी- रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो। प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ। राहुघाट जलविद्युत्मा […]
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण गरिँदै । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको बाँध, विद्युत्गृह र सुरुङ निर्माण तीव्र रुपमा अघि बढेको छ ।-तस्बिर-सन्तोष गौतम-रासस
म्याग्दी, १३ मंसिर । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको […]
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना ढिलासुस्तीले थलिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सम्झौता भएर विभिन्न चरणका ठेकेदारले समयमै काम गर्ने जनशक्ति फिल्डमा नल्याई १२ वर्ष बितिसक्दा पनि ३० प्रतिशत काममा सीमित भएको छ ।भारतीय एक्जिम बैंकको ६७ […]
म्याग्दी- रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने पुल (बेलिब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलिब्रिजबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इन्जिनियर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट […]
रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए । “करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ”, उनले भने, “निरन्तर पहिरो खसिरहेको छ ।” राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर &l
म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जीनियर नरोत्तम कार्कीले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए ।पैतीस मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्
–सन्तोष गौतमम्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ । मङ्गले र अपर (माथिल्लो) राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दुवै आयोजनाको प्रबद्र्धक तुँदी पावर कम्पनीले चिमखोलादेखि राहुघाट सवस्टेशनसम्म १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन लागेको हो । परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रालिका शङ्कर बस्यालले ३५ मेगावाट क्षमताको मङ्