राहुघाट जलविद्युत् आयोजनाको प्रगति ३० प्रतिशत

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना ढिलासुस्तीले थलिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सम्झौता भएर विभिन्न चरणका ठेकेदारले समयमै काम गर्ने जनशक्ति फिल्डमा नल्याई १२ वर्ष बितिसक्दा पनि ३० प्रतिशत काममा सीमित भएको छ ।भारतीय एक्जिम बैंकको ६७ […]

सम्बन्धित सामग्री

जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो ।

जलविद्युत्सँगै ग्रामीण बस्तीमा विकास गति

म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ।...

राहुघाट विद्युत् आयोजनालाई गति दिन निर्देशन

म्याग्दी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन्।उलने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युत्गृह निरीक्षण गर्दै आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन्।मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाल विद्युत् प्राधिकरणका का

राहुघाट जलविद्युत् आयोजना: १४ वर्षमा बल्ल सकियो ६० प्रतिशत काम

नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ ।

म्याग्दीमा विद्युत् आयोजनाले गति लियो, ५४ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निकट भविष्यमा नै ५४ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनबाट वितरण गरिने भएको छ।हाइड्रो डिष्ट्रिकको रूपमा चिनिएको म्याग्दीमा सञ्चालित १४० मेगावाट भन्दा बढीका १४ मध्ये  अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणले पनि बल्ल गति लिएको छ। आयोजना निर्माणका लागि भारतीय आयात निर्या

समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट

– रमेश लम्साल र सन्तोष गौतम, निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ । नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना भने अनेक आरोह–अवरोह पार गर्दै बल्ल गति लिने अवस्थामा पुगेको हो । कूल […]

तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब लगानी स्वीकृत

२३ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५  र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी-५  र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको […]

राहुघाट जलविद्युत् आयोजना : पाँच वर्षमा ३८ प्रतिशत मात्रै भौतिक प्रगति

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजनामा अहिलेसम्म उक्त भौतिक प्रगति भएको हो । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ सालमा स्थापित उक्त कम्पनीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले सुरुङ र विद्युत्गृह निर्माण गरिरहेको आयोजनाले बताएको छ । आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भूबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको बताए । कुल ६ दशमलव २ किलोमिटर लामो सुरुङमध्ये हालसम्म २ दशमलव २ किलोमिटर मात्र निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्जसाफ्ट र सुरुङको ब्रेक थ्रू भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ । सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युत्गृह र ड्याम साइट निर्माणमा अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले बताएको छ । विद्युत्गृहबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटरेबल पुल निर्माण भएको छ । यस्तै राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न लुपइन–लुपआउटका चारओटा टावर तयार भएको छ । अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको थियो । अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसै सातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम शुरू गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भए पनि सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालित भएको हो । विद्युत्गृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तीव्रता दिने कम्पनीका प्रबन्ध सञ्चालक केसीले बताए । ३६ महिना अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब १ वर्ष मात्रै बाँकी छ । सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ । राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रका अधिकांश घर चर्किएका छन् । हरेक दिन सुरुङभित्र गरिने विष्फोटको कम्पनले घरहरू चर्किने क्रम बढे पनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । घरहरू चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दा समेत पुनर्निर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले आफूहरू समस्यामा परेको स्थानीय नारायण सुवेदीले बताए । उनका अनुसार अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न १ लाख ७५ हजार मात्रै रकम दिने गरिएको छ । उक्त रकम अपुग हुने भएकाले स्थानीयवासी चर्किएकै घरमा जोखिमपूर्ण रूपमा बस्ने गरेका छन् । पिप्लेमा मात्रै दर्जनौं घर चर्किएका छन् ।

राहुघाट जलविद्युत् आयोजना : करीब ४ महीनापछि सुरुङ र बाँध निर्माण शुरु

असोज २६, म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करीब चार महीनापछि शुरुआत भएको छ ।  रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण गत असार महीनादेखि रोकिएको थियो । पहिरो पन्छाएर पहुँचमार्ग मर्मत गरेपछि बाँध क्षेत्रमा निर्माण सञ्चालन भएको आयोजनाको प्रवर्द्धक रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । ‘करीब चार महीनापछि निर्माणकार्य पुरानै लयमा फर्किएको छ’, उनले भने, ‘दशैंलगायत चाडपर्वको समयमा पनि आयोजना निर्माणलाई निरन्तरता दिएका छौँ ।’ अँधेरीखोलाको अडिट–२ पुग्ने पहुँचमार्ग मर्मत गरेर गत भदौदेखि दुईतर्फी सुरुङ निर्माण शुरु गराइएको थियो । भारतीय सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले बाँधमा जग्गा व्यवस्थापनसँगै १ नम्बरको अडितबाट सुरुङ खन्ने तयारी गरेको छ । बुग्लको पहिरोले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको थियो । राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बर्खायाममा प्रतिकूल मौसम र पहिरोका कारण प्रभावित भएको निर्माणकार्य लयमा फर्किएको बताए । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा विसं २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चारओटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग)को ब्रेकथ्रु गरेको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ ।  ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदूर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ती भएको आयोजना प्रभावित क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–३ का अध्यक्ष जीवनकुमार मल्लले बताए । ४५ महीनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । इलेक्ट्रोमेकानिकलतर्फ २०७६ कात्तिक महिनामा सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग सम्झौता भएको थियो । बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका–३ को तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ । पावरहाउसबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म एक हजार ७८० मिटर निर्माण सकिएको छ ।  पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरीद विक्री सम्झौता (पिपिए) गरेको थियो ।  सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । एक करोड दुई लाख ९३ हजार (२२.३५ अमेरिकी डलर)मा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरी हाल विस्तृत डिजाइङको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।  राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चारओटा टावर तयार भएको छ । रासस

अपर राहुघाट निर्माण शुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु