काठमाडौं : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्टको प्रभाव बढेर कोरोनाको संक्रमण बढ्न थालेपछि सीमा नाका हुँदै नेपाल फर्कनेको संख्या बढ्दै गएको छ। जसकारण यहाँ पनि संक्रमितको संख्यामा वृद्धि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। मंगलवारमात्रै १५ जनामा…