आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावको गतिविधिले रुकुमपूर्वको माहोल तातिएको छ । यतिबेला चुनावका लागि उम्मेदवार सिफारिस गर्नेदेखि लिएर पार्टीको भेला, बैठक, प्रशिक्षण सञ्चालन र घोषणापत्र बनाउनमा राजनीतिक दलहरू व्यस्त छन् । अहिलेसम्म जिल्लाका सबै ठूला दलहरूले उम्मेदवार सिफारिसको काम सम्पन्न गरिसकेका छन् । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्ण घर्ती, कमला रोका, दलजित शेर्पाली र जुनकुमारी रोकालाई सिफारिस ग