प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ । सो क्षेत्रमा गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदव