स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र भएको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न र सम्भावित स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीका तर्फबाट उम्मेदवार छान्नका लागि विभिन्न राजनीतिक दलले दैनिक जसो कार्यक्रम गरिरहेको छ । नेपाली काँग्रेसले यही चैत २ गतेबाट ‘गाउँ जाउँ, नेपाली काँग्रेस’ जिताउ अभियान सुरु गरेको छ । अभियान चैत महिनाभरी सञ्चालन हुने छ ।