काठमाडौँ । सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन् । २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताहरूले निःशुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरूले सुविधा पाउने सरकारको दाबी छ ।