काठमाडौं, साउन २८ । सरकारले मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गका ग्राहकसँग महशुल नलिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधवार पत्रकार सम्मेलन गर्दै उक्त निर्णय भएको जानकारी गराएकी हुन् । भुसालले मन्त्रीको पदभार ग्रहण गर्दा नै २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गका ग्राहकसँग शुल्क नलिइने उद्घोष गरेकी थिइन् […]