सबै जनतालाई विद्युत् सेवा पुर्याउन अझै दुई वर्ष लाग्ने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताएकी छन्।सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताइन्।उनले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत् खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको

सम्बन्धित सामग्री

चेपाङ बस्तीमा‘पेल्ट्रिक सेट’मार्फत विजुली

चैत २२, मकवानपुर । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९को पार्सिवाङस्थित रुन्चेवुङमा विजुली पुगेको छ । रुन्चेवुङमा पहिलोपटक ‘पेल्ट्रिक सेट’मार्फत विजुली बत्ति पुगेको हो । विजुली पुगेपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको उक्त वडामा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि विजुली पुर्याउन सकेको थिएन । प्राधिकरणको लाइनमार्फत विजुली नपुगेपछि ‘पेल्ट्रिक सेट’मार्फत  विजुली बत्ति बालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गाड्तौलाले बताए । उनका अनुसार अहिले चेपाङ सामुदायले सल्लोको दियालो बाल्न छाडेका छन् । यसअघि गाउँमा विद्युत् नहुँदा चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए  । ‘गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेटमार्फत विद्युत उपलब्ध गराएपछि उक्त सामुदायमा अँध्यारो हटेको छ’ प्रमुख प्रशासकीय अधिकृत गड्तौलाले भने । गाड्तौलाका अनुसार २३ लाख रूपैयाँ लागतमा उक्त गाउँमा विद्युत पुर्याइएको हो । सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको  आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट ४ किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा २० वटा पेल्ट्रिक सेट सञ्चालनमा रहेको बताए । पेल्ट्रिक  सेटका लागि   सञ्जालले १३ लाख रूपैयाँ सहयोग रहेको छ । त्यस्तै  गाउँपालिकाले ६ लाख रूपैयाँ तथा ४ लाख रूपैयाँ बराबरको स्थानीको श्रमदान रहेको गाउँपालिकाको भनाई छ । गाउँमा विद्युत पुर्याउनका लागि गत वर्ष पुसदेखि काम शुरू गरिएको थियो । काम सम्पन्न गर्न १६ महीना समय लागेकोसञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले बताए । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले केही स्थानमा पेल्ट्रिक सेट जडान गरेरै नै विद्युतको पुर्याएको छ । रासस