आन्दोलनरत अभियन्ता रुबी खान र सरकारबीच शनिबार भएको वार्ता सकारात्मक भएको छ । रुबी खानले शनिबार भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको बताइन् । उनले आइतबार फेरि दोस्रो चरणको वार्ता हुने बताएकी छिन् । खानले वार्तासँगै आन्दोलन पनि जारी रहेको बताएकी छिन् । उनी आमरण अनशन बसेको शनिबार ९ दिन भएको...
१४ पुस, काठमाडौं । निर्मला कुर्मीका लागि न्याय माग्दै अधिकारकर्मीको एक टोली फेरि काठमाडौं आएको छ । महिला अधिकार मञ्च बाँकेको टोली निर्मला कुर्मीको न्यायको सवालमा सरकारले तदारुकता नदेखाएको भन्दै दबाव दिन १४ जनाको टोली काठमाडौं आएको हो । उनीहरुले माइतीघरमा अनशन सुरु गर्ने बताएका छन् । गत वर्ष नै गृह मन्त्रालयले निर्मला कुर्मी बेपत्ता […]
बाँकेकी रुबी खान एकाएक चर्चामा आउनुभएको छ । निर्मला कुर्मी र नकुन्नी धोबीको शरीर बन्धक, अपहरण र हत्याको मुद्दालाई ज्वलन्त रुपमा उठाएर उहाँ चर्चामा आउनुभएको हो ।
हुन त आफ्नो काममा निरन्तर लागिरहने योद्धालाई समयको महत्त्व रहँदैन । तर, समाजको चश्माबाट हेर्दा भने निर्मला कुर्मी र नकुन्नी धोबीको मुद्दाले उहाँलाई छिटै हिरोको भूमिकामा उभ्यायो ।
शायद यो मुद्दा नभएको भए केही समय लाग्थ्यो होला । तर, उहाँको अन्यायप्रति आवाज बुलन्द गर्ने र समाजका भएका स–साना मुद्दामा आवाज उठाउने दृढता र जुझारुपन पहिले देखिएको ...
१२ मंसिर, काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता र बाँकेको नन्कुन्नी धोबीको मृत्युबारे छानविनको माग गर्दै पैदल हिँडेर काठमाडौं आएपछि रुबी खान चर्चामा आइन् । प्रशासनले उनको मागबारे सुनुवाइ गर्नुको साटो बहुविवाहको झुठो मुद्दामा फसाउने कोशिस गर्यो । तर मानवअधिकारकर्मी खान हच्किनन्, सर्वोच्च अदालतको आदेशले थुनामुक्त भइन् । ११ दिन अनशन पनि बसिन् र निर्मला […]