नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।‘विभिन्न समसामयिक विषयमा छलफल हुन्छ । त्यसमा पनि खासगरी आज सरकारकै विषयमा छलफल केन्द्रीत हुन्छ’, गजुरेलको भनाइ छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ । माओवा