संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, विधिको शासन संविधानका आधारभूत स्तम्भ हुन् । एउटा मात्र स्तम्भ तलमाथि हुनेबित्तिकै संविधान रहँदैन, मुलुक द्वन्द्वको भुमरीमा जान्छ । संघीयताको प्रतीकका रूपमा प्रदेश तह छ । तर प्रदेशप्रति धेरैको नकारात्मक दृष्टिकोण छ ।